मनकामना केबुलकार सञ्चालनमा

थानकोट ।
चितवनस्थित मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ ।
विद्युत आपूर्तिमा गडबढी हुँदा प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो ।
प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुन: सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ । .