चन्द्रागिरि हिल्सको १३औं वार्षिक साधारण सभा सम्पन्न

Thankot Times

थानकोट । 

चन्द्रागिरि हिल्स लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा कम्पनीको कार्यालय थानकोट परिसरमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुंग्याएको छ ।

साथै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *