चन्द्रागिरि हिल्सको साधारण सभा भोलि बिहीबार

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडको १३औं वार्षिक साधारण सभा भोलि पुष २१ गतेका लागि बोलाएइको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो छ । मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आफ्नो भोलिका लागि साधारण सभा तय गरेको थियो ।

सभा चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय थानकोेट परिसरमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *