बल्खुखोला करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन १५ दिने सूचना

Thankot Times

थानकोट ।

बल्खु खोला करिडोर क्षेत्र अन्तर्गत १० मिटरभित्र पर्ने संरचना हटाउन चन्द्रागिरि नगरपालिका वडा नं. १५ को कार्यालयले निर्देशन दिएको छ ।

वडा कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खड्कुलेको पुलदेखि सिभिल होम्ससम्मको क्षेत्रमा पर्ने बल्खुखोला करिडोरका स्थायी र अस्थायी दुवै संरचना हटाउन निर्देशन दिएको हो ।

वडाध्यक्ष घनश्याम लुईँटेलका अनुसार १५ दिनभित्र संरचना हटाउनुुपर्नेछ ।

वडाध्यक्ष लुँइटेलले करिडोर निर्माणको बाँकी काम गर्नका लागि संरचना हटाउन आवश्यक रहेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *