३५ वर्षपछि पक्राउ परे सवारी ज्यान मुद्दामा फरार अभियुक्त तीनथानाका श्रेष्ठ
थानकोट ।
नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ। काठमाडौं प्रहरीले सोमबार जारी गरेको सूचना अनुसार २०४४ सालदेखि फरार रहेका दीपक श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठ विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट तीन हजार ५० रूपैयाँ जरिवाना तोकेपछि फरार भएका थिए।
काठमाडौं प्रहरीले साेमबार मात्र ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, लगायतका कसुर मुद्दामा २६ जनालाई पक्राउ गरि सार्वजनिक गरेकाे छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौं पेस गरिएको छ।