कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरू

Thankot Times

थानकोट ।

कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्स (एनसिसी) बैंकको एकीकृत कारोबार आज (आइतबार) देखि सुरू भएको छ।

यी दुई बैंक एक आपसमा गाभिएपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो।

दुबै बैंकको मंसर २५ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन्।

एनसिसी बैंक गाभिने दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व कुमारी बैंकले व्यहोर्ने सकार्ने गरी नेपाल राष्ट्र बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति दिएको हो।

मर्जरपछि बैंकको रजिष्टर्ड कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं २ टंगालमा हुने कम्पनीले जानकारी दिएको छ।

हाल एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ रुपैयाँ छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ।

एकीकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी करिब २६ अर्ब पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *