सुनचाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आजको कारोबार भाउ तोक्दै महासंघले सुन र चाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, हिजो आइतबार २०० रुपैयाँले बढेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *