त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा पुस १७ गतेदेखि हिउँदे बिदा
थानकोट ।
त्रिभुवन विश्वविद्यालयका विभाग र क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बिहीबार सूचना प्रकाशित गर्दै आ-आफ्नो अनुकूलता हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन सकिने जनाएका छन् ।
कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको हो ।