कीर्तिपुर नगरपालिकामा घरदैलो राजश्व संकलन कार्यक्रम सुरू हुँदै

थानकोट ।
कीर्तिपुर नगरपालिकाले घरदैलो राजश्व संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
करिब एक महिनासम्म सञ्चालन हुने सो कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले जनशक्ति व्यवस्थापनका लागि सूचना जारी गरेको छ ।
नगरको घरदैलो राजश्व संकलन कार्यक्रमका लागि १० जोड २ वा सो सरह उत्तीर्ण भएका १८ वर्ष उमेर पूरा भइ ३५ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन पेश गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।