चन्द्रागिरि सहकारीमा नायब प्रमुख कार्यकारी अधिकृत माग, पाैष २० गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नायब कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै संस्थाले नवाैं तहमा नायब कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

२५ वर्ष उमेर पूरा गरी ४५ वर्ष ननाघेका व्यवस्थापन विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तिय संस्था वा विकास साझेदार निकायमा कम्तीमा ५ वर्ष कार्य अनुभव गरेका व्यक्तिले आवेदन पेश गर्न सकिने सूचनामा जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *