गोरखास्थित मनकामना मन्दिर क्षेत्रका सबै पसलमा क्यूआर सेवा

Thankot Times

थानकोट ।

गोरखा जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गरे ।

योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । एनएमबि बैंक र फानपेको सक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो ।

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *