चन्द्रागिरि हिल्सको साधारणसभा पुस २१ गते

थानकोट ।
चन्द्रागिरि केबलकारको संचालक चन्द्रगिरि हिल्सले पुस २१ गते १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारसभा हिल्सले आफ्नै कार्यालय थानकोटमा गर्ने जनाएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्नेछ ।
त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात नाफा नोक्सान हिसाव विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने जनाएको छ ।
सभाले लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्नेछ । पुस ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।