प्रति तोला ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

थानकोट ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँको गिरावट आएको छ ।
बुधबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको हो ।