सुनको मूल्य घट्दा चाँदीको स्थिर

थानकोट ।
नेपालमा आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सयले घटेर एक लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।