विश्वकप फुटबलः पहिलो सेमिफाइनलमा राति पाैने १ बजे अर्जेन्टिना र क्रोएसिया भिड्दै

Thankot Times

थानकोट । 

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज मध्यराति हुँदैछ ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो ।

यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *