ताेलामा तीन सय रूपैयाँले घट्यो सुनको मूल्य

थानकोट ।
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रूपैयाँले घटेर एक लाख दुई सय कायम भएकाे छ ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख रूपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रूपैयाँले घटेर एक हजार तीन सय ९० रूपैयाँमा आएको महासङ्घले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।