विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल ‘अल हिल्म’ प्रयोग हुने

Thankot Times

थानकोट ।

मध्यपूर्वी मुलुक कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने भएको छ। विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल आइतबार एडिडास कम्पनीले सार्वजनिक गरेको हो।

यो बलको नाम ‘अल हिल्म’ राखिएको छ।

अरेबिक भाषाको यो शब्दको अर्थ सपना भन्ने हुन्छ। यसअघि एडिडास कम्पनीले नै बनाएको ‘अल रिहला’ नामको बल प्रयोग हुँदै आएको थियो।

नयाँ बलमासमेत अघिल्लो बलमा जस्तै सेन्सर प्रविधिको प्रयोग गरिएको छ।

कतार विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरोक्को पुगेका छन्।

सेमिफाइनल खेलहरू मंगलबार र बुधबार हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *