कुमारी र एनसीसीको साधारणसभा, एकआपसमा गाभिन स्वीकृति, चुक्ता पुँजी २६ अर्बभन्दा बढी

Thankot Times

थानकोट । 

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) एकआपसमा मर्जरमा जान दुवै बैंकको साधारणसभाले स्वीकृति दिएको छ । दुवै बैंकको आइतबार बोलाइएको साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई पास गरेको हो । 

समान रेसियोमा मर्जरमा जाने सम्झौता गरेका यी दुवै बैंकलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । मर्जरको सुनिश्चितता भएसँगै दुवै बैंक एकीकृत कारोबारको पूर्वतयारीमा जुटेका छन् । 

कुमारी  र एनसीसी बैंकको मर्जर प्रक्रिया सम्पन्न भएपश्चात् बनेको बैंकको चुक्ता पुँजी २६ अर्बभन्दा बढी पुग्नेछ भने निक्षेप ३ खर्ब १ अर्बभन्दा बढी, कर्जा २ खर्ब ७८ अर्बभन्दा बढी हुनेछ । त्यस्तै, शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्सटेन्सन काउन्टर संख्या ५१ पुग्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *