यु-१८ एसियन रग्बी: पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएईलाई उपाधी, नेपाल साताैं

Thankot Times

थानकोट ।

काठमाण्डाैमा सम्पन्न यु-१८ एसियन रग्बीको पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१-१७ स्कोरले पराजित गर्‍यो ।

त्यसअघि आइतबार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९-७ तथा युएईले भारतलाई ३६-० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेस्रो भयो ।

मलेसियाले भारतलाई ३६-६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९-० ले पन्छाउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४-७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३-० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौँ स्थानमा रह्यो । सातौँ स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९-० को सहज जित दर्ता गर्‍यो ।

महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौती २६-५ ले समाप्त पार्‍यो । मलेसियाले थाइल्यान्डलाई १९-७ ले हराउँदै तेस्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *