सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ

Thankot Times

थानकोट ।

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँले बढेर एक लाख पाँच सय रूपैयाँ पुगेको छ । अघिल्लो काराेबार दिन प्रतितोला एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार चार सय रूपैयाँ पुगेको महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण हो ।

“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ” अध्यक्ष शाक्यले भने ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *