एसिया यू-१८ रग्बीः भारतमाथि नेपालको शानदार जित

Thankot Times

थानकोट । 

शनिबारदेखि काठमाडौंमा सुरु भएको एसिया रग्बि यू-१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको छ । 

एसिया रग्बि को आयोजना र नेपाल रग्बि संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुल ए अन्तर्गत अन्तिम खेलमा नेपालले भारतलाई १२-१० को स्कोरले पराजित गरेको हो ।

सुरुवाती दुई खेल हारेको नेपालले उपाधि दाबेदार भारतलाई पराजित गर्दै जितको खाता खोलेको हो ।

शनिबार भएको पहिलो खेलमै थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाल दोस्रो खेलमा मलेसियासँग ३४-० ले पराजित भएको थियो ।

पुल ए मा मलेसियाले तीनवटै खेल जित्दा नेपाल, भारत र थाइल्याण्डले समान एक खेल जिते । तर स्कोरको आधारमा भारत दोस्रो र थाइल्याण्ड तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा रह्यो ।

नेपालले अब च्याम्पियनसिपमा चाइनिज ताइपेई र थाइल्याण्डले बंगलादेशसँग खेल्नेछ । यी दुईको विजेताबीच पाँचौं स्थानको लागि खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *