फिल्म हलले विश्वकप फुटबल देखाए कारबाही

Thankot Times

थानकोट ।

चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने फिल्म हललाई कारबाही गर्ने भएको छ ।

केही फिल्म हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै फिल्म प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको छ ।

फिल्म प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ ।

बोर्डले शुक्रबार ७७ रै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *