आईसीसी विश्वकप लिग-२: स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

थानकोट ।
आइसीसी विश्वकप डिभिजन-२ अन्तर्गत नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिंङ गर्ने भएको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले आज कुशल भुर्तेलको ठाउमा हरिशंकर शाहलाई खेलाएको छ । स्कटल्याण्डविरुद्ध खेल्ने नेपाली टिममा कप्तान रोहित पौडेलसहित, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ सेख, सोमपाल कामी, अर्जुन साउद, गुलशन झा, आरिफ सेख, हरिशंकर शाह, सागर ढकाल र ललित राजबंशी रहेका छन् ।
नेपालले यस सिरिजमा २ खेलमा हार व्यहोरेको छ भने एक खेल वर्षाले रद्ध भएको छ ।
यस सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।