तोलामा चार सय रूपैयाँले बढ्यो सुनको मूल्य

Thankot Times

थानकोट ।

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार सात सय रूपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय रूपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सय रूपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार तीन सय ६० रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *