बंगलादेशसामु भारत पुनः निरिह, दोश्रो एकदिवसीयमा ५ रनले पराजित

Thankot Times

थानकोट ।

बंगलादेशमा जारी भारत र बंगलादेशबीचको एकदिवसीय क्रिकेट सिरिजमा भारतले लगातार दोश्रो हार व्यहोरेको छ ।

बुधबार बेलुकी सम्पन्न दोश्रो एकदिवसीयमा बंगलादेश ५ रनले विजयी हुँदै ३ खेलको श्रृङ्खल २-० ले जितेको छ । बंगलादेशले दिएको २७१ रनको लक्ष्य पछ्याउने क्रममा भारत पुरै ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २६६ रन मात्र बनाउन सक्यो ।

पहिलो एकदिवसीयमा पनि बंगलादेश १ विकेटको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो । 

भारतका लागि श्रेयस अय्यर र अक्षर पटेलले अर्धशतक बनाए । अय्यरले १ सय २ बलमा ८२ तथा पटेलले ५६ बलमा ५६ रन बनाए । 

कप्तान रोहित शर्माले २८ बलमा अविजित ५१ रन बनाए । के एल राहुल १४ तथा वासिङ्टन सुन्दर र दिपक चहर ११/११ रनमा आउट भए ।

घरेलु टोलीका लागि इबाडोट होसाइनले ३ तथा महेदी हसन र साकिव अल हसनले समान २/२ विकेट लिए । मुस्ताफिजुर रहमान र मेहमुदुल्लाहले समान १/१ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको हो । 

घरेलु टोलीका लागि मेहेदी हसनले ८३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा अविजित १०० रनको शतकीय ईनिङ खेले । मेहमदुल्लाहले ९६ बलमा ७ चौकाको सहयोगमा ७७ रन बनाए।

नजमल हसन शान्तोले २१ तथा नसुम अहमदले अविजित १८ रन बनाए ।  मुस्फिकुर रहिमले १२ तथा अनामुल हकले ११ रन बनाए ।

भारतले १७ रन अतिरिक्तका स्वरुपमा खर्चियो । भ्रमणकारी टोलीका लागि वासिङ्टन सुन्दरले ३ तथा मोहम्मद सिराज र उमरान मल्लिकले समान २/२ विकेट लिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *