सुनचाँदीको मूल्य स्थिर

थानकोट।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यस्तै, तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ ।
मंगलबार १३५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।