मंगलबार घट्यो सुनको मूल्य

थानकोट ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ। लगातार वृद्धि भइरहेको सुनको मूल्य मंगलबार छापावाला प्रति तोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रूपैयाँले घटेर प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला ३५ रुपैयाँले घटेको हो। आइतबार सुनको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।