कतार विश्वकप फुटबलमा एशियाली देशहरूको चुनाैती समाप्त

Thankot Times

थानकोट ।

मध्यपूर्वी मुलुक कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा एशियाली देशहरूको चुनाैती सकिएको छ । मंगलबार बिहान सकिएको खेलमा ब्राजिलसँग दक्षिण कोरिया ४-१ ले स्तब्ध बनेसँगै जारी विश्वकपमा एशियाली देशहरूको चुनाैती सकिएको हो ।

यसअघि सोमबार राति सम्पन्न क्रोएशिया र जापानबीचको खेल निर्धारित र अतिरिक्त समयमा समान १-१ गोलमा सकिएपछि खेलको नतिजा सडेन डेथमा निकालिएको थियो जहाँ जापान ३-१ ले निराश हुँदै घर फर्कियो ।

एशियाली क्षेत्रबाट अष्ट्रेलिया, दक्षिण कोरिया र जापान जारी विश्वकपको अन्तिम १६ का लागि छनोट भएका थिए । अष्ट्रेलिया अर्जेन्टिनासँग २-१ पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसपटकको विश्वकप फुटबलमा एशियाली क्षेत्रबाट आयोजक कतारसँगै इरान तथा साउदी अरेबीयाले पनि सहभागिता जनाएकामा यी तीनवटै टोली समुह चरणबाटै बाहिरिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *