आईसीसी क्रिकेट विश्वकप लिग-२: स्कटल्यान्डसँग नेपाल पराजित

Thankot Times

थानकोट ।

नामिबियामा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा खराब ब्याटिङसँगै नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ ।

स्कटल्यान्ड नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

टस हारेर पहिले ब्‍याटिङ गरेको नेपाललाई स्कटल्यान्डले ४०.१ ओभरमा १३७ रनमै अलआउट गर्‍यो। नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका गुल्शन झाले सबैभन्दा बढी २९ रन जोडे। उनले २९ बलमा ३ चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनर अर्जुन साउद १८ रन र आसिफ शेख ७ रनमा आउट भए।

ज्ञानेन्द्र मल्लले २५ रन, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन जोडे। कुशल भुर्तेल ०, दीपेन्द्रसिंह ऐरी ९ रन, करण केसी ८ र ललित राजवंशी ३ रनमा आउट भए। सागर ढकाल ४ रनमा नटआउट रहे।

बलिङमा स्कटल्यान्डका क्रिस सोलले ३ विकेट र मार्क वाटले २ विकेट लिए। सात राष्ट्र सहभागी लिगमा नेपाल पुछारबाट दोस्रो स्थानमा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *