सुनचाँदीको भाउ बढ्ने क्रम जारी

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको भाउ बढ्ने क्रम जारी रहेको छ ।

नेपाली बजारमा सुन लगातार चौथो दिन महंगिएको हो । आइतबार सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । चाँदीपनि आइतबार तोलामा २५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।

शुक्रबार पनि सुनको भाउ महंगिएको थियो । हिजो सुन तोलामा एक हजार रुपैयाँले बढोत्तरी भएर प्रतितोला ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको मूल्य पनि आइतबार बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भइरहेकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *