आईसीसी क्रिकेट विश्वकप लिग टु: नेपाल र स्कटल्यान्ड खेल्दै

Thankot Times

थानकोट ।

नामिबियामा जारी आईसीसी क्रिकेट विश्व कप लिग टू शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे विन्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।

नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भए पछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ ।

नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टू खेलिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *