विश्वकप फुटबल: नेदरल्यान्डस् र अर्जेन्टिना क्वाटरफाइनलमा भिड्ने

Thankot Times

थानकोट ।

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण पार गर्दै शनिबार अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटरफाइनल चरणमा प्रवेश गरेका छन् ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

त्यस्तै, अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *