आईसीसी क्रिकेट विश्वकप लिग टु: नेपाल र नामिबियाबीचको खेल आज

थानकोट ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।
नेपाल र नामिबियाबीचको खेल नेपाली सयम अनुसार दिउँसो पौने २ बजे नामिबियाको राजधानी विन्डहोकमा सुरु हुनेछ ।
नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो ।
यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने बिनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।
विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबियाविरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।