बढ्यो सुनचाँदीको भाउ

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँ तोकिएको छ ।

बुधबार प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

महासघंले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय रुपैयाँ छ । हिजो प्रतितोला ९७ हजार एक सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासघंले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *