विश्वकप फुटबल: अर्जेन्टिना र अष्ट्रेलिया सुपर १६ मा भिड्ने

Thankot Times

थानकोट ।

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले हरायो। जितसँगै अर्जेन्टिना समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ।

अर्जेन्टिनाले साउदी अरेबियासँगको विश्वकपको सुरुवाती हारपछि प्रभावशाली शैलीमा समूह विजेता बनेको हो। अर्जेन्टिनासँगै पोल्याण्ड पनि अर्को चरणमा पुगेको छ। मेक्सिकोसँग अंक बराबरीमा भएपनि गोल अन्तरको आधारमा पोल्यान्ड क्वालिफाइ भएको हो।

मेक्सिको भन्दा कम पहेँलो कार्ड पाएको कारण पोल्याण्ड फिफा फेयर प्ले नियमको आधारमा अर्को चरणमा पुग्नेवाला थियो। तर, साउदी अरेबियाले स्टपेज टाइममा गोल गरेपछि गोल अन्तरकै आधारमा पोल्यान्ड अर्को चरणमा पुगेको हो। पोल्यान्डले अन्तिम १६ मा फ्रान्सको सामना गर्नेछ।

अर्जेन्टिनाले खेलमा वर्चस्व कायम राखेको भएपनि गोलको लागि भने दोस्रो हाफको अन्त्यसम्म कुर्नुपर्‍यो। पहिलो हाफको ३९औँ मिनेटमा मेस्सीको पेनाल्टीलाई पोल्याण्डका गोलरक्षक वोज्सिच सेजेस्नीले उत्कृष्ट बचाउ गरेका थिए।अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले ४६औँ मिनेटमा र जुलियन अल्वारेजले ६७औँ मिनेटमा गोल गर्दै सहज जित दिलाए। अर्जेन्टिनाले अन्तिम १६ मा अस्ट्रेलियासँग भिड्ने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *