आज चन्द्रागिरि-४ मा ढक तराजु जाँच शिविर, ढक तराजु दर्ता र नविकरण नगरे कारबाही हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नेपाल गुणस्तर तथा नापताैल कार्यालय तथा चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको सहयोगमा नगर क्षेत्रमा ढक, तराजु दर्ता तथा नविकरण शिविर सञ्चालन गरिरहेको छ ।
सोमबार चन्द्रागिरि नगरपालिका-८ मातातीर्थबाट सुरू भएको सो शिविर क्रमश नगरका अन्य वडाहरूमा पनि सञ्चालन हुने नगरप्रवक्ता एवं वडा नं. ४ का कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
ढक, तराजु दर्ता तथा नविकरण शिविर आज चन्द्रागिरि नगरपालिका वडा नंं ०४ स्थित थानकोट स्थित वडा कार्यालय परिसरमा हुनेछ । शिविर बिहान १० देखी अपरान्ह ४ बजेसम्म सञ्चालन हुने नगरप्रवक्ता एवं वडा नं. ४ का कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
यसअघि हिजो बुधबार चन्द्रागिरि-७ तथा मंगलबार चन्द्रागिरि-६ महादेवस्थानमा सो शिविर सञ्चालन भएको थियो ।
आम उपभोक्ताहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयसमेत रहेको हुँदा ढक तराजुको गुणस्तर जाँचको कार्यक्रम राखिएको चन्द्रागिरि नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ढक तराजुको दर्ता नविकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा माल सामान खरिदको अधिकार थप सुरक्षित हुने बताउनुभयो । बजार अनुगमनका क्रममा ढक तराजुमा समेत त्रुटी भेटिएको उहाँले जानकारी दिनुभयो ।
यसपछि ढक तराजु दर्ता एवं नविकरण नगरी प्रयोगमा ल्याएको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।