कालिन्चोक केबलकारको आईपिओ बिक्री खुला

Thankot Times

थानकोट ।

कालिन्चोक दर्शन लिमिटेडले आजदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ बिक्रि खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता शेयर निष्काशन गरेको हो । आयोजना प्रभावितले छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने मङ्सिर २८ गते सम्म मात्र आवेदन दिन सक्नेछन्  ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आयोजना प्रभाववित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४९१० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र  बोर्डले कम्पनीलाई कार्तिक २३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई बिक्रीप्रबन्धक चयन गरेको छ । कम्पनीले गत चैत्र १५ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो  ।

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन गरिरहेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्बसाधारणलाई आईपिओ निष्काशन गर्नेछ  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *