काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी काठमाडौं फिर्ता भएपछि..

थानकोट ।
काठमाडौंबाट बाराको सिमरा विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाज अवतरण नगरी काठमाडौं फिर्ता भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन् ।
‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेका थिए,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरी सामान्य अवस्थामै जहाज अवतरण भयो ।’
बुद्धको बीएचए-५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुहरुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ ।
जहाजमा ७० जना यात्रु चढेका थिए ।
सिमरा विमानस्थल प्रमुख सूर्यबहादुर खत्रीका अनुसार सिमराको टावरमा सम्पर्कमा आएको यो जहाजले इन्डिकेटरमा समस्या देखिएको भन्दै काठमाडौं फर्किएको जानकारी गराएको थियो ।
Safe life is better