चन्द्रागिरि नगरमा सार्वजनिक स्थानमा कुकुरलाई दिसा पिसाब गराएमा १५ हजारसम्म जरिवाना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा सार्वजनिक स्थानमा कुकुरलाई दिसा पिसाब गराएमा १५ हजार रूपैयाँसम्म जरिवाना तिराइने भएको छ ।

सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै नगरले खुल्ला रूपमा घर वरपर तथा सडकमा प्लाष्टिकजन्य फोहोर जलाउन समेत निषेध गरिएको जनाएको छ ।

जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने कार्यहरू कहींकतै गरेको पाइएमा नगरपालिकाको फोहोरमैला सम्बन्धी ऐन २०७५ को दफा २५ को खण्ड ६ बमोजिम नगरपालिकाले ५ देखी १५ हजारसम्म जरिवाना हुने व्यहोरा नगरपालिकाबाट जारी सूचनामा उल्लेख छ ।


One thought on “चन्द्रागिरि नगरमा सार्वजनिक स्थानमा कुकुरलाई दिसा पिसाब गराएमा १५ हजारसम्म जरिवाना

  1. अनि भुस्या कुकुर व्यवस्थापन चाहिँ नगर्ने त्यसले जहाँ सुकै फाेहर गराेस मतलव छैन सूचना मात्रै निकालेर के गर्नु?घरपालुवा कुकूरबाट त्यसताे गरे गराएमा जरिवाना गर्नु ठीक हाे त्यस प्रति बिराेध गर्न खाेजेकाे हैन तर साँझ बिहान विशेष कामले बाहिर निस्किदा कुकुरले टाेकेका पिडित पक्षलाई चाहिँ नगर पालिकाले के गर्छ नि?आजभोलि मातातीर्थ यरियामा अन्य नगरपलिकाले रातकाे समयमा भुस्या कुकुर ल्याएर छाडेकाेले सयाैं कुकुर छन त्यसले चाहिँ दिशापिसाव गर्दैन र?के यी कुकुर व्यवस्थापन चाहिँ गर्नु पर्दैन।तिनले टाेकेमा टेकुमा गएर सुई लिनु मात्रै समाधान हाे र? मलाई साह्रै जिज्ञासा लागेकाे आफ्नो वीचार पाेखेकाे हुँ।एकपटक गहिरिएर साेच्न अनुराेध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *