सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। कारोबार हुने साताको दोश्रो दिन सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य १ हजार २ सय ८५ रुपैयाँ रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *