चन्द्रागिरिमा काठमाण्डाै क्षेत्र नं. १० का सांसद्हरूको धन्यवाद् र्याली सोमबार
थानकोट।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा निर्वाचित भएका काठमाण्डाै क्षेत्र नं. १० तथा प्रदेश १ र २ का सांसद्हरूको उपस्थितिमा सोमबार धन्यवाद् र्याली आयोजना हुने भएको छ।
नेपाली काँग्रेस क्षेत्र न. १० प्रदेश २ को आयोजनामा हुने सो धन्यवाद् र्याली बिहान ७ बजेबाट सुरू हुने बताइएको छ । सतुंगलस्थित विष्णुदेवी मन्दिर नजिकैबाट सुरू हुने र्याली मच्छेगाउँ, बोसिगाउँ, सतुंगल, मातातीर्थ, बालागाउँ, किसिपिडी, चेकपोष्ट, घुमाउने, गोदाम, चुनिखेल, सिलाफल, कोतघर, माटीखेल, खरिबोट, मगलोदय विद्यालय हुँदै टुटेपाखाबाट वाँडभञ्जायाङ पुगी समापन हुने बताइएको छ ।
सो क्रममा काठमाण्डाै क्षेत्र नं. १० का प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी, प्रदेश १ का सांसद् पुकार महर्जन तथा प्रदेश २ का सांसद् रमा आलेमगरको सहभागिता रहने बताइएको छ ।
काठमाण्डाै क्षेत्र नंं १० बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । केसीले १४४५८ मत पाउनु हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११७८६ मत पाउनुभयो ।
त्यस्तै, काठमाण्डाै क्षेत्र नंं १० को प्रदेश १ मा नेपाली काँग्रेसका पुकार महर्जन विजयी हुनुभएको छ । महर्जनले १००८२ मत पाउनु हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी राप्रपाका उमेशराज सापकोटाले ७४०० मत पाउनुभयो । काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश २ मा नेकपा एकीकृत समाजवादीबाट रमा आलेमगर विजयी हुनुभएको छ । आलेमगरले ५८१० मत पाउनु हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरले ५१८४ मत पाउनुभयो ।