रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी

थानकोट ।
क्रिस्टियानो रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो बुढो खेलाडी बनेका छन् । ३७ वर्ष २९२ दिनको उमेरमा घानाविरुद्ध पेनाल्टीबाट गोल गर्दै रोनाल्डोले यो रेकर्ड बनाएका हुन् ।
सबैभन्दा धेरै उमेरमा गोल गर्ने कीर्तिमान क्यामरुनका रोजर मिलरको नाममा छ । मिलरले सन् १९९४ मा ४२ वर्ष ३० दिनको उमेरमा गोल गरेका थिए । रोनाल्डो विश्वकपमा गोल गर्ने युरोपबाट भने सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।
त्यस्तै, रोनाल्डो विश्वकपमा कुनै पनि देशका लागि सबैभन्दा कम उमेर र सबैभन्दा बुढो उमेरमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यो रेकर्ड क्रोएसियाका इभिका ओलिच र डेनमार्कमा माइकल लाउड्रुपको नाममा छ ।