सुनको भाउ प्रतितोला १००० रुपैयाँले बढ्यो, अब प्रतितोला कति पुग्यो ?

थानकोट ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार बढेर ९७ हजार ८०० रुपैयाँ रहेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ रहेको छ भने ९७ हजार ३०० रुपैयाँ रहेको छ ।
त्यस्तै, चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेको छ ।
यसअघि प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदीलाई आज प्रतितोला एक हजार ३०५ रुपैयाँ रहेको छ ।