विश्वकप फुटबलः बेल्जियमको संघर्षपूर्ण जित

थानकोट ।
फिफा विश्वकप अन्तर्गत बेल्जियमले समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १-० गोलअन्तरले विजयी भएको हो ।
खेलको ४४ औँ मिनेटमा मिची बात्सुयायीले गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि क्यानाडाका अल्फोन्डो डेभिसको पेनाल्टी थियाबट कोर्टवाले रोकेका थिए । खेलमा क्यानाडाले नियन्त्रण बनाए पनि गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्यो ।
कोस्टारिकाविरुद्ध स्पेनको गोल वर्षा
स्पेनले विश्वकप फुटबलमा धमाकेदार सुरुवात गरेको छ । बिहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो
स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल रे । विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत हो भने कोस्टारिकाको सबैभन्दा ठूलो हार ।
जापानसँग हार्यो जर्मनी
विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १-० ले पछि परेको जापानले पुनरागमन गरेको हो ।
जापानका लागि रिस्तु दोनाले ७५ औं मिनेटमा गोल गर्दै बराबरी दिलाए । ताकुमा सानोले ८३ औं मिनेटमा गोल गर्दै जापानलाई २-१ गोलको जित दिलाए । यसअघि जर्मनीका लागि खेलको ३३ औं मिनेटमा गुन्डिगनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । आजको खेलमा जित निकाल्दै जापानले ३ अंक जोडेको छ ।
मेक्सिको र पोल्यान्डको गोलरहित बराबरी
विश्वकप फुटबलको पहिलो खेलमा मेक्सिकोले पोल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । स्टेडियम ९७४ मा भएको समूह सी को दोस्रो खेलमा दुई टोलीले गोल रहित बराबरी खेलेका हुन् ।