विश्वविजेता जर्मनी जापानसँग २-१ ले पराजित

थानकोट ।
कतार विश्वकपमा सनसनीपूर्ण नतिजा आउने क्रम जारी छ ।
बुधबार बेलुकी सम्पन्न खेलमा जापानले जर्मनी विरूद्ध २-१ को सानदार जित दर्ता गरेको छ । मध्यान्तरसम्म १-० ले अग्रता लिएको जर्मनी विरूद्ध खेलको दोश्रो हाफमा जापानले लगातार २ गोल गर्दै इतिहास रचेको हो ।
खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलकाे ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गाेल गर्दै टिमलाई अग्रता दिलाएकाे थिए । पहिलाे हाफमा जर्मनी १–० ले अघि रहेकाे थियाे ।
जापानका लागि खेलकाे ७५ औँ मिनेटमा रित्सु डाेन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गाेल गरे ।
याे जितसँगै समूह ‘ई’ मा रहेकाे जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएकाे छ । जर्मनी भने तालिकाकाे पुछारमा रहेकाे छ ।