मनकामना केवलकार २५ वर्षमा प्रवेश

थानकोट ।
मुलुककै पहिलो केवलकार मनकामना केवलकार २५ वर्षमा प्रवेश गरेको छ ।
२०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केवलरकाले अहिलेसम्म एक करोड ७० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरेको जनाएको छ ।
चितवनको ईच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकामा जोडिएको केवलकारले कूल आम्दानीको एक एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तरगर सोही क्षेत्रमा खर्च गर्दै आएको छ ।
त्यसैगरी केवलकारले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागेको पनि जनाएको छ ।
यसै सन्दर्भ पारेर यसै समूहको भ्रातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रालिले मनकामनामा ४० कोठाको रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ ।
यसको लागत ४८ करोड रुपैयाँ रहेको छ ।