अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले स्तब्ध, ३६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम

थानकोट ।
फिफा विश्वकपमा साउदी अरेबियासँग २-१ ले पराजित भएको छ । मंगलबार साँझ साउदी अरेबियासँग पराजित भएसँगै अर्जेन्टिनाको ३६ खेलसम्मको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । अर्जेन्टिना सन् २०१९ यता अपराजित थियो ।
विश्वकपमा अर्जेन्टिना २८ वर्षपछि समूह चरणको पहिलो खेलमा पराजित भएको हो । दुईपटकको विश्वविजेता सन् १९९० को इटाली विश्वकपमा क्यामरुनसँग समूह चरणको पहिलो खेलमा पराजित भएको थियो ।
कतारको लुसैल रंगशालामा मंगलबार साउदीलाई पुनरागमन जित दिलाउन अल सेहरी र अल ड्वसरीले एक-एक गोल गरे ।
पहिलो हाफमा १- ले पछि रहेको साउदीका लागि ४८ औं मिनेटमा अल सेहरीले गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा फर्काएका थिए ।
यस्तै, ५३ औं मिनेटमा अल ड्वसरीले बक्सभित्रबाट गोल टप कर्नर गोल नै साउदीको जितमा निर्णायक बन्यो ।
त्यसअघि खेलको सातौं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनाले अग्रता दिलाएका थिए ।
पाँचौँ मिनेटमा साउदीका रक्षकले अर्जेन्टिनाका लियान्ड्रो पाराडेजलाई लडाएपछि अर्जेन्टिनाले खेलको सातौं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा पेनाल्टी पाएको थियो । जसमा कप्तान लियोनल मेसीले कुनै गल्ती गरेनन् ।
यसबाहेक अर्जेन्टिनाले पहिलो हाफमा तीन गोल गरे पनि रेफ्रीले सबैलाई अफसाइडको इशारा गरेका थिए । पहिलो हाफमा पाँच मिनेट इन्जुरी टाइम थपिएको थियो ।
विश्वकपको समूह ‘सी’ मा अर्जेन्टिना र साउदी अरेबियासँगै पोल्यान्ड र मेक्सिको छन् ।