फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै

Thankot Times

थानकोट ।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समुह ‘सी’ र ‘डी’ का खेलहरु हुँदैछन् । आज समूह ‘सी’ का दुई टोली अर्जेन्टिना र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । खेल कतारको लुसेल स्टेडियममा अपरान्ह पौने ४ बजे हुनेछ । दुईपटक विश्वकप उपाधि जितेको अर्जेन्टिना साउदीसँग विश्वकपमा पहिलो पटकपटक भिड्दैछ । 

अर्जेन्टिनाले सन् १९७८ र ८६ गरेर दुई पटक विश्वकप उपाधि जितेको थियो । अर्जेन्टिनाले हालसम्म १८ पटक विश्वकप खेलिसकेको छ भने साउदी अरबले छैटौंपटक विश्वकप खेल्दैछ । यस्तै, समूह डी का दुई टोली डेनमार्क र ट्युनिसियाबीच पनि आजै प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत आजै हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ ।

समुह ‘सी’ मा रहेका यी दुई टोली बीचको खेल राति पौने १० बजे सुरु हुनेछ । आजै राति पौने १ बजे हुने चौंथो खेलमा साबिक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ ।

दुवै टोली समूह ‘डी’ मा छन् ।

सोमबार सम्पन्न खेलहरूमा इंग्ल्याण्डले इरान विरूद्ध ६-२ को प्रभावशाली जित दर्ता गर्यो भने नेदरल्याण्डले सेनेगलविरूद्ध २-० को सहज जित दर्ता गर्यो ।

त्यस्तै, वेल्स र संयुक्तराज्य अमेरिकाले १-१को बराबरी खेल्दै अंक बाँडे । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *