सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *