फिफा विश्वकप सुरूः पराजयसँगै घरेलु टोली कतारले बनायो लज्जास्पद कीर्तिमान

Thankot Times

थानकोट ।

विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई  २-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे ।

भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती  दिलाएका थिए ।  खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० गोलको जित दिलाए ।
यसअघि खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो

यो जितसँगै समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । हालसम्म खेलाइएका विश्वकपमा आयोजकले उद्घाटन खेलमा पराजय भोगेको यो पहिलो अवसर हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *